|

भक्तपुर : नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ।

यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन।

‘तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै माग आएको छ, तिहार सामान जसरी पनि दिनुपर्छ। अहिले भ्याइनभ्याइ छ’, वर्षौँदेखि माटोका भाँडा बनाउँदै आएका स्थानीयले बताए।

वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो भन्दै उनले यो मौकालाई गुम्न नदिन स–परिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको सुनाए।

माटोका भाँडा बनाउँदै आएका पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाँडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै माग आएका ठाउँमा सामान पुर्‍याउन जान भ्याइनभ्याइ भएको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.