|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८६ अङ्कले ओरालो लागेर १ हजार ८४७ दशमलव ७० मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक २ दशमलव १९ अङ्कले ओरालो लागेर ३५७ दशमलव ७६ मा सीमित भएको छ। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

कूल ३७ लाख ४९ हजार ९५४ कित्ता शेयर ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँ मूल्यमा कारोबार भयो। कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ। सो कम्पनीको १० करोड १० लाख रुपैयाँ बराबरको कारोबार भयो। 

प्राइम बैंक ६ करोड ४५ लाख ५२ हजार ५५१ रुपैयाँ, सोनापुर मिनरल्स ४ करोड ४९ लाख ६८ हजार ९०७ रुपैयाँ, सोल्टी होटल २ करोड ७९ लाख ८१ हजार ७६४ रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको २ करोड ६४ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष ५ मा पर्न सफल भए।

नेप्सेका अनुसार चन्द्रागिरि हिल्स ६ दशमलव शून्य ४, हिमालयन लघुवित्त ५, एनआइबिएल प्रगति फण्ड ४ दशमलव ९६, सोल्टी होटल ४ दशमलव ७७ र एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ४ दशमलव ७२ प्रतिशतले कमाएका छन्।

सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी ७ दशमलव ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर ५ दशमलव ९१, सामलिङ पावर ४ दशमलव ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ७३ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.