|

काठमाडौँ : नेपाल पत्रकार महासंघले कान्तिपुर प्रतिष्ठान शाखा निलम्बन गर्दै कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शुक्रवार बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासंघको विधानविपरीत क्रियाकलाप गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको महासचिव रोशन पुरीले जानकारी दिए।

महासचिव पुरीले भने‚ ‘कान्तिपुर प्रतिष्ठान शाखाले महासंघको विधानविपरीतका काम गरेपछि स्पष्टीकरण सोधेका थियौँ। हामीले तत्कालका लागि कान्तिपुर शाखालाई निलम्बित गरेका छौँ।’

कान्तिपुर व्यवस्थापनविरुद्ध फेरि अर्को चरणको आन्दोलन गर्ने निर्णय पत्रकार महासंघले जनाएको छ। महासंघले मङ्सिर १० गतेसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ।  कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता अप्ठेरोमा परेको बताउँदै पुरीले आन्दोलनका विभिन्न कार्यक्रम राखिएको जानकारी दिए।

८२ जना पत्रकारलाई कान्तिपुरले कानुनविपरीत निष्काशन तथा अवैध तरिकाले सरुवा गर्ने काम गरेको भन्दै पत्रकार महासंघले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.