|

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन्।

अधिकारीले बिहीवार काठमाडौंमा भएको ३९ औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट असर, कोभिड–१९, रूस–युक्रेन युद्ध जस्ता दुई ठूला अन्तरराष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्टेबल रहेको बताए।

उनले कोभिड–१९ महामारीले बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गरे। उनले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहकार्यमा कोरोना महामारीबाट शिथिल अर्थतन्त्र लयमा फर्कन सफल भएको बताए।

उनले राष्ट्र बैंकले अन्तरराष्ट्रिय स्तरको मर्जर नीति र नियमनका कारण अर्थतन्त्र संकटबाट बचाउन सकिएको दावी गरे। उनले बैंकिङ प्रणालीले सबै संकट समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताए।

उनले नेपाली बैंकहरूले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको बताए। उनले  यतिवेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौती देखिएको बताए। उनले पछिल्लो समयमा मुद्रास्फिति बढिरहेको र विभिन्न मुलुकले महँगीको सामना गरेको बताए।

उनले बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्त्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.