|

जनकपुरधाम : मधेश प्रदेशलाई “पूर्ण सुरक्षित मातृत्व प्रदेश”, पूर्णखोप युक्त प्रदेश” कुपोषणमुक्त प्रदेश बनाउन प्रदेश सरकारले अभियान संचालन गर्ने भएको छ।

स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०७९-८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा निर्देशनालयका निर्देशक राजीव झाले प्रदेशलाई “पूर्ण सुरक्षित मातृत्व प्रदेश”, पूर्णखोप युक्त प्रदेश” कुपोषणमुक्त प्रदेश बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेकाले यसलाई अभियानकै रुपमा संचालन गर्ने बताए।

स्वास्थ्य अवस्थामा धेरै सुधार आए पनि अझै पनि धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो। त्यसका लागि समीक्षा गरेर अघि बढ्न लागेको उनले बताए।

विद्यमान समस्या सुधारका लागि स्थानीय तहको देखिएका समस्याको तथ्यांक संकलन गरी सोहीअनुसार योजना तयार पारी अघि बढनेसमेत उनले बताए।

कार्यक्रममा गत आर्थिक वर्षमा प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा भएका कामहरु बारेमा समीक्षासमेत भएको थियो। तीन दिनसम्म चल्ने सो समीक्षा गोष्ठीमा स्थानीय तहका स्वास्थ्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा ज्‍येष्ठ नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारी अस्पतालहरुमा बिरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरुमा परिक्षण गराउदा लाग्ने शुल्कमा ९०५ प्रतिशत छुट प्रदान गर्ने, बाल अस्पताल संचालनका लागि संघीय सरकारसँग पहल गर्ने लगायतका योजनाहरु प्रस्ताव गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.