|
फाइल तस्वीर

पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रियसभा अध्यक्ष कपको चौथो संस्करण यही मंसिर २० गतेदेखि २४ गतेसम्म आयोजना हुने भएको छ।

महिला तथा पुरुष भलिबल, रत्यौली गीत प्रतियोगिता, भजन प्रतियोगितासहित जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबिच मैत्रीपूर्ण भलिबल र म्युजिकल चेयर खेल राखिएको ‘चौथो राष्ट्रियसभा अध्यक्ष कप–२०८०’ र ‘खेल अभियान : पालिकाको पहिचान’ नारासहित आयोजना गरिएको हो।

प्रतियोगितामा पुरुष भलिबलतर्फ गाउँपालिकाको वडास्तरीय प्रतिस्पर्धा राखिएको छ। जसमा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ। 

महिलातर्फको भलिबल भने खुल्लातर्फ आयोजना गरिएको छ। यसमा देशभरका कुनै पनि महिला समूहले प्रतिस्पर्धा गर्न पाउने छन्। यो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

रत्यौली प्रतियोगितामा मोदी गाउँपालिकाभित्रका समूहले मात्रै भाग लिन पाउने छन्। यसमा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउने छन्। 

मोदी गाउँपालिकाका समूहहरू मात्रै सहभागी हुन पाउने भजन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउने छन्।  

भलिबलमा सहभागी हुने समूहले १० हजार रुपैयाँ तथा रत्यौली र भजन प्रतियोगितामा सहभागी हुने समूहले यातायात खर्चवापत १० हजार र ५/५ हजार रुपैयाँ पाउने छन्।

प्रतियोगिता मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन गरिने कार्यक्रमका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.