|

काठमाडौं : नेपाल स्टक एक्सचेञ्जको सिस्टममा समस्या देखिएपछि आजका लागि निर्धारित समयमा सेयर कारोबार खुल्न सकेन। बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको हो।

समस्या समाधान नहुँदा नियमित कारोबारसमेत खुल्‍न नसकेको हो नेप्सेले जनाएको छ।

प्राविधिक समस्याका कारण शेयर कारोबार हुन नसकेको र  कारोबार खुलाउन प्रयासरत रहेको नेप्सेले सूचना जारी गरेको छ।

कारोबार नखुल्दा लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन्। विगतका विभिन्न समयमा पनि नेप्सेको सिस्टममा समस्या आउने र बनाउने हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.