|

तनहुँ : ट्रकले ठक्कर दिँदा तनहुँमा महिलाको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।

दमौलीबाट पोखरा जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो। 

मोटरसाइकल चालक सुकमायाका श्रीमान् रामचन्द्र  छोरा छ वर्षीय गुराँस र तीन वर्षीय सुमन घाइते भएका छन्। घाइते तीनै जनाको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.