|

काठमाडौँ : सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ। आइतवार ७ दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज (सोमवार) ३ दशमलव ४२ अङ्कले घटेको छ। आजको कारोबारपछि नेप्से परिसूचक १ हजार ८४७ दशमलव ८१ अङ्कमा कायम भएको छ।

आज विभिन्न २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता शेयर ४३ हजार ४२८ पटक खरिदबिक्री हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ०२, वित्त समूह शून्य दशमलव ५५, जीवन बीमा समूह शून्य दशमलव ९७, म्युचुअल फन्ड शून्य दशमलव १५ र निर्जीवन बीमा समूह शून्य दशमलव ३५ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा धेरै बैंकिङ र अन्य समूहको उपसूचक समान शून्य दशमलव ६२ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १२, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३५, लघुवित्त शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले घटेको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ०६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्यमा समान ९ दशमलव ९९ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ७ करोड ४६ लाख ३१ हजार ७२३ रुपैयाँ बराबरको २ लाख ४८ हजार १९३ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.