|

काठमाडौँ : यो साता कारोबारको लगातार तेस्रो दिन आज (मंगलवार) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। आज नेप्से परिसूचक १० दशमलव १० अंकले घटेर १ हजार ८३७ दशमलव ७१ को विन्दुमा कायम भएको हो।

आज २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर ३८ हजार ५८४ पटक खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २ दशमलव ५७ र होटल तथा पर्यटन समूह १ दशमलव ७१ प्रतिशतले घटेको छ।

सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव ५३ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको ३६ करोड २९ लाख ५७ हजार ४२४ रुपैयाँ बराबरको ८ लाख ३१ हजार ३५० कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.