|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लगानीकर्ताको हिसाबले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको बताए।

उनले कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भए पनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए।

उनले नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको बताए।

अध्यक्ष ढकालले भने, ‘हामी धेरै विकसित देशमा गएका छौँ, मलाई लाग्छ, नेपालमा जस्तो अपरचुनिटी अन्त छ जस्तो लाग्दैन। जुन हिसावको यहाँ अपरचुनिटी छ। अमेरिकामा यहाँ भन्दा एकदमै बेटर भएको भए इन्भेष्टरको हिसावले तपाई त्यहीँ नै लगानी गर्नुहुन्थ्यो होला। मातृभूमि भएर मात्रै लगानी गर्ने भन्नेकुरा आदर्शको कुरा मात्रै हो। यहाँ यति सम्भावना छ की, कोभिडको क्राइसिसको कारणले नेपालमा मात्रै नभइ धेरै ठाउँमा असजिलो भएको छ। रसिया युक्रेनको युद्धका कारण केही समस्या छ, कतिपय कुराहरु हाम्रो नीतिगत कारणबाट पनि र कतिपय कुराहरु कोर्डिनेसन हुनुपर्ने नीतिगत नियमनकारी निकायको समन्वय नहुँदा अवश्य मर्का परेको छ। नियमनकारी निकायको समन्वय भयो भने यो किसिमको सञ्चालन गरेको व्यवसाय राम्रो हुन्छ। नेपालमा साँच्चै अवसर छ। निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्रीसँग बसेर हामीले बलियो आवाज उठाउँदै आएका छौँ।’

अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठूलो अवसर रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.