|

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज (बुधवार) नेप्से परिसूचक ३ दशमलव ३३ अङ्कले बढेर १ हजार ८४१ दशमलव ०४ विन्दुमा कायम भएको हो।

आज ३७ लाख ५५ हजार १२४ कित्ता शेयर खरिदबिक्रीबाट १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ बराबरको कारोबार भएको छ। 

आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ दशमलव २१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ७० प्रतिशतले घटेको हो।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड ९ दशमलव १३ प्रतिशतले घटेको छ।

कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ७ करोड ३४ लाख ४९ हजार १७ बराबरको कारोबार भएको छ।

कारोबार भएको शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै प्राइम कमर्सियल बैंक प्रमोटर शेयर १ लाख ८० हजार १०५ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.