|

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन्। नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ।

दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरू बारे छलफल केन्द्रित गरेको  बताइएको छ।  राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष जोड दिएका छन्।

उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिनुभएको छ।'

राष्ट्रपति बाइडेनले प्यालेस्टिनीहरू विरुद्ध गरिएको चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनु पर्ने आवश्यकताको बारेमा आफ्नो चिन्ता दोहोर्याउनुछ।

बाइडेनले गाजा क्षेत्रमा रहेका बन्धकहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तरराष्ट्रिय समिति आईसीआरसीलाई हमास आतङ्ककारीहरूले राखेका बाँकी बन्धकहरूसम्म पुग्न अनुमति दिनुपर्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार उनले युवती महिला नागरिक बन्धकहरूलाई रिहा गर्न हमासले गरेको इन्कारले मानवीय संवेदनशीलतामा आँच पुगेको बाइडेनको ठहर छ।

दुवै नेता नियमित छलफलमा बस्न सहमत भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.