|

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

सोमबार संघीय संसद् सचिवालयले आयोजना गरेको संसद् सेवाको प्रभावकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

उनले संसद् सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए। उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह पनि गरे।

सभामुख घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफूले भूमिका खेल्ने पनि बताए।

उनले भने, ‘एउटा कुरा निश्चय पनि सर्वोच्च विधायकी संस्था हो संसद। मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले? यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ। छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ? यो बहस अन्तरक्रियाको शुरुवात हो। यसको निष्कर्षमा पु¥याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ। म सभामुखको हैसियतले यसलाई कसरी पार्न सकिन्छ, त्यो दिशामा जानुपर्छ र जाउँ भन्नका लागि अपिल गर्दछु।'

सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उनले संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेका बताए।

उनले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मूल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताए। उनले संसद् सेवाका कर्मचारीहरुलाई जिम्मेवारपूर्वक काममा खट्न आग्रह पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.