|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ। 

त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन।

इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो। उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। तर त्यसमा नेपाली खेलाडी भने परेनन्।

यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उनलाई कुनै क्लबले किनेका थिएनन्। 
सन्दीपले त्यसघिका तीन सिजन दिल्लीमा रहेर आईपीएल खेलेका थिए। अहिले बीसीसीआईले सर्टलिस्ट गरेका खेलाडीमा नेदरल्यान्ड्सका भान मिकिरन र नामिबियाका वाईसे मात्र रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.