|

काठमाडौं : लेखक तथा मनोक्रान्ति अभियन्ता नगेन्द्रराज नेम्बाङ ‘नेम्बाङ मामा’को ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक कृति सार्वजनिक भएको छ।

विकाशानन्द फाउन्डेसन मनोक्रान्ति विश्व परिवार काठमाडौं र मनोक्रान्ति टिम युकेको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा मनोक्रान्ति प्रशिक्षण कार्यक्रममा सार्वजनिक गरिएको हो।

प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् बैरागी काइला, मनोक्रान्ति द्रष्टा तथा दार्शनिक डा. योगी विकाशानन्द, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, लेखकका पिता कुबेरसिंह नेम्बाङ र लेखक नेम्बाङले लोकार्पण गरेका हुन्।

दुई दशकदेखि मनोक्रान्ति अभियानमा संलग्न नेम्बाङको यो पहिलो कृति हो। नेम्बाङको यस कृतिभित्र योग, ध्यान र साधनाबाट मानवीय स्वास्थ्य विषयलाई लिएर विभिन्न १ सय ४० वटा शीर्षकका लेख समेटिएका छन्।

बैरागी काइलाले मनोक्रान्ति मौलिक दर्शन भएको बताए। योगी विकाशानन्दले सैनिक जीवनमा बन्दुक समातेका व्यक्तिले कलमका माध्यमबाट मनोक्रान्ति साहित्य सिर्जना गर्नु नौलो भएको बताए।

लेखक नेम्बाङले पुस्तक बिक्रीबाट प्राप्त रकमलाई नेपालमा अपांगता व्यहोरिरहेका नागरिकको सेवामा समर्पण गर्ने घोषणा गरेका थिए। पुस्तक ३ सय १२ पानाको रहेको छ भने तीन सय रुपैयाँ बिक्री मूल्य रहेको छ।  पुस्तक विमोचन समारोहलगत्तै डा.योगी विकाशानन्दले मनोक्रान्ति प्रशिक्षण सञ्चालन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.