|

युरोपेली युनियन (ईयू) ले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ। ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले ​नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरेका हुन्।    

‘सात दिनदेखि नभाल्नी बेपत्ता भएको अत्यन्त चिन्ताजनक छ’, ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्,‘रुसको राजनीतिक नेतृत्व उहाँको कारागारमा सुरक्षा र स्वास्थयका लागि जिम्मेवार छ, यसका लागि उनीहरूलाई जवाफदेही बनाइने छ।’

सन् २०२० मा सोभियत युगको स्नायु एजेन्ट नोभिचोकको विषाक्तताबाट बाँचेका नभाल्नीले ‘चरमपन्थी’ र धोखाघडी लगायतका धेरै आरोपमा रुसी अदालतले दोषी ठहर गरेपछि १९ वर्षको कारागार सजाय भोगिरहेका छन्।

उनका सहयोगीले नभाल्नी बेपत्ता हुनुलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मार्चमा पाँचौँ राष्ट्रपति कालका लागि निर्वाचन लडेर लामो शासन विस्तार गर्ने योजना बनाएको घोषणासँग जोडेका छन्। 

अमेरिकाले नभाल्नीसम्म पुग्न वा उनको अवस्था थाहा पाउन सहयोगी टिमको असमर्थताप्रति ‘गहिरो चिन्ता’ रहेको भन्दै ‘हस्तक्षेप’ शब्द प्रयोग गरेकामा क्रेमलिनले मंगलबार वासिङ्टनको आलोचना गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.