|

टर्की पुलिसले ३७ प्रान्तहरूमा संगठित अपराध नेटवर्कहरू विरुद्ध गरिएको राष्ट्रव्यापी गिरोह बिरोधी अभियानमा २५७ संदिग्धहरूलाई पक्राउ गरेको छ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले गिरोह विरोधी अभियानमा २५७ संदिग्धलाई पक्राउ गरेको बताए। अप्रेशन केज–१८ को अवधिमा ९ राष्ट्रिय, स्थानीय अपराध समूह र ती संस्थालाई हतियार र अन्य स्रोतसाधन उपलब्ध गराएर सहयोग गर्ने ३० आपराधिक गुटसहित जम्मा ३९ संगठित अपराध संरचना ध्वस्त पारिएको बताइएको छ।

यी संगठित अपराध सङ्गठनहरूले वित्त र हतियार प्राप्त गर्न कार्यस्थलमा गोली हान्ने, व्यवसायीलाई लुट्ने, हतियारको व्यापार र लागुऔषध ओसारपसारमा संलग्न भएको र अपराधको आम्दानी बाँडफाँड गर्ने विषयमा असहमतिमा सशस्त्र लडाई गरेको आरोप लगाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.