|

 जनकपुरधाम : जनकपुरधामको विवाहपञ्‍चमी मेलामा उच्च सुरक्षासाथ सिसिटिभी र ड्रोन क्यामेराबाट समेत निगरानी गरिने भएको छ।

धनुषा प्रहरी प्रवक्ता निरज अवाका अनुसार जनपद र ट्राफिक गरि जम्मा १ हजार ५ सय जना प्रहरी परिचालन हुने बताए।

प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले विगतको दिनलाई समीक्षा गर्दै अभद्र व्यवहार, दुर्व्यवहार, चोरीचकारी, पाकेटमारी जस्ता घटनाहरु अधिक हुने गरेको अवस्थालाई मध्यनजर गर्दै सादा पोसाकमा अधिक प्रहरी परिचालन हुने बताए।

त्यस्तै सशस्त्र प्रहरी धनुषाको प्रहरी उपरीक्षक मनोज मल्लले भने, सशस्त्र प्रहरी डिएसपी यदु कार्कीको नेतृत्व २ सय जना शस्त्र प्रहरीसमेत परिचालन गरिसकेको बताए।

यता, धनुषाको प्रहरी प्रवक्ता निरज अवाले भने  महिला र पुरुष सादा पोशाकको प्रहरी ठाउँ ठाउँमा परिचालन गर्नेसमेत बताए।

प्रत्येक वर्ष विवाहपंचमीमा पाकेटमार, गहना चोरीको घटनाहरु अधिक भएको तथ्यांकलाई मध्यनजर गर्दै त्यस्ता घटना न्यूनिकरणको लागि जानकी मन्दिरदेखि बाह्रविघा मैदानसम्म दुरुस्त सिसिटिभी, बाह्रविघा मैदानमा ड्रोन निगरानी, जानकी मन्दिर प्रांगणमा पनि क्यामेरा र ड्रोनको निगरानी बढाउने प्रवक्ता अवाले बताए।

प्रहरी प्रमुख शर्माले थाहाखबरकर्मीसँग कुरा गर्दै भने, 'पाकेटमारी, चोरी, लुटपाटको घटनालाई न्यून गर्नको लागि अन्य वर्षभन्दा यसपाली भारी संख्यामा सादा पोशाक, प्रहरीको ड्रेसमै समेत  खटाउने तयारी छ।'

नेपाल प्रहरीको तर्फबाट पिडारी चौक, शिवचौक, गंगासागर, जनकचोक, जानकी चोक, रामचोक, जानकी मन्दिर, सोनारपट्टी गल्ली, महावीरचोक, रामानन्दचोक, अस्पताल क्षेत्र, यात्री निवास क्षेत्र, बाह्रविघा, संकटमोचन एरिया, सरस्वति स्कूल, देवीचोक लगायतमा ठाउँ ठाउँमा सादा पोशाकको प्रहरी परिचालन रहने उनले बताए।

प्रमुख शर्माले मेलामा नेपाल र भारत श्रद्धालुहरु भारी संख्यामा आउने भएकोले ठाउँ ठाउँमा प्रहरी हेल्प डेस्क, सम्पर्क नम्बरको प्लेकार्ड, सम्पर्कको बोर्ड लगाउने तयारी भएको बताए।

प्रहरीले जानकी मन्दिर वरपर बाह्रविघादेखि पूर्ण सफाई गरी विवाहपंचमीमा न्यून गुनासोको प्रयास गर्ने बताए। एसपी शर्माले जानकी मन्दिरमा अश्लिल हर्कत गर्ने, भिडियो बनाउने उपरसमेत कडा निगरानी गरिने बताए।

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी पर्व मनाइन्छ। यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्नेछ।

बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाहपञ्चमी मुख्य दिन रहेको छ। विवाहपञ्चममीमा जन्तीको रुपमा आएका साधुशन्तको पुस २ गते विदाई गरी ९रामकलेवा० गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सपमापन हुने सहायक महन्त रामरोशण दास बैषणवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.