|

काठमाडौँ : नेपालको चिकित्सा शिक्षा र सेवाका लागि लामो समयदेखि लड्दै आएका प्राडा गोविन्द केसी २ बुँदे माग राखी शुक्रबार (आज साँझ ५)बजेदेखि अनशन बस्दै छन्।

डा. केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निःशुल्क औषधि सबै पाइने सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेका छन्। 

विज्ञप्तिमा भनिएको छ‚ 'द्वन्द्वका अधिकांश पीडितलाई अझै पनि न्यायबाट वञ्चित गरेर राखिएको छ। पीडकहरू बृहत् शान्ति सम्झौता भएदेखि प्रायः निरन्तर सत्तासीन छन्। साधारण नागरिकलाई सानो गल्तीको सजाय हुने देशमा मानवताविरोधी जघन्य अपराध गर्नेहरू उचित सजायको भागीदार बन्नु नपर्ने किन? 'चोरलाई चौतारी साधुलाई शूली' भनेको यही हैन र? हामीलाई लाग्छ न्याय नभएसम्म शान्तिपूर्ण र समृद्ध समाजको कल्पना गर्न पनि सकिदैन। यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरूका लागि बोल्नु र दण्डहीनता अन्त गर्नु हाम्रो कर्तव्य बन्न जान्छ। विगत लामो समयदेखि यी मुद्दा उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौँ। तैपनि अवस्था परिवर्तन भएको छैन। त्यसैले राज्यलाई जवाफदेही बनाउन हामीले देहायका मागहरूसहित यही मंसीर २९ गते साँझ ५ बजेदेखि तीनदिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.