|

कुवेत सिटी : कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको ८६ वर्षको उमेरमा शनिवार निधन भएको छ। सरकारी टेलिभिजनले यो जानकारी दिएको हो।

उनलाई एक साताअघि सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। कुवेतको सरकारी टेलिभिजनमा प्रसारित विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त दुःखका साथ हामी कुवेत राज्यका अमिर शेख नवाफ अल-अहमद अल-सबाको निधनमा शोक व्यक्त गर्दछौं।’

शेखले सेप्टेम्बर २०२० मा सत्ता सम्हालेका थिए। शनिबार शेखको मृत्युको खबर आउनेबित्तिकै शोक सन्देश देखाइयो। शेखको निधनमा कुवेतले ४० दिने शोकको घोषणा गरेको छ भने सरकारी कार्यालय तीन दिन बन्द रहनेछन्।

सन् १९३७ मा जन्मेका नवाफ कुवेतका पूर्व शासक शेख अहमद अल-जाबेर अल-सबाका पाँचौं छोरा थिए।

शेख नवाफ ८३ वर्षको उमेरमा युवराज बन्ने विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भएको मानिन्छ। यसै कारणले गर्दा शाही परिवारका केही व्यक्ति उनलाई २०२० मा अमिर बनाउने पक्षमा थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.