|

जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आइतबार भगवान् रामजानकीको स्वयंवर सम्पन्न भएको छ। जानकी मन्दिर तथा राममन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयंवर सम्पन्न भएको हो।

राम मन्दिरको डोला मन्दिरका महन्त राम गिरीको नेतृत्वमा बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्त रामतपेश्वर दास वैष्णवले गरे। ​रंगभूमि मैदान पुगेका अन्य मन्दिरहरूको डोलासँगै भगवान् रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयंवर सम्पन्न भएको छ।

जानकी मन्दिर परिसरमै राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न हुनेछ।

वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्त राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्त सहायक महन्थ रामरोशन दासले सीताका बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गर्नेछन्। वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं सिंगारिएको छ।

त्यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको छ। यो मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम हुनेछ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने यो महोत्सवको अवसरमा यसपटक जनकपुरधाममा बढी चहलपहल देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.