|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘अफिसियल वर्ल्ड रेकर्ड’*ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।

त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। 

त्रिविले विश्व रेकर्ड कायम गरेपछि अफिसियल वर्ल्ड रेकर्डले कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर भुसाललाई प्रमाणपत्र उपलब्ध गराएको छ।

आज भएको दीक्षान्त समारोह अवलोकन गर्न अफिसियल वर्ल्ड रेकर्डका प्रतिनिधि नेपाल आएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्नेसमेत प्रतिबद्धता जनाएका छन्।
तस्बिर

*यसअघि भूलवस ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ भएकोमा सच्याइएको छ– सम्पादक।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.