|

काठमाडौं : औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ। 

विभागलेप्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीको भएको जानकारी दिए।  

विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको हो। 

यस्तै लिनाग्लिप्टिन २।५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.