|

बारा : निजगढ नगरपालिकास्थित भमरामा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

बुधबार दिउँसो रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती–३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी–२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

गम्भीर घाइते उनीहरूको उपचारका क्रममा बारा सामुदायिकअस्पताल निजगढमा मृत्यु भएको हो। दुर्घटनामा रौतहट चन्द्रपुरका ३५ वर्षीय बाबुराम सुनार घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.