|

काठमाडौं : स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला आजबाट पुन: काममा फर्किएका छन्। स्वास्थ्य मन्त्री मोहन बस्नेतले ७० दिनअघि २६ असोजमा विभिन्न आरोप लगाउँदै उनलाई तीन महिना निलम्बनको पत्र थमाएका थिए।

तर, मन्त्रीको निर्णयविरुद्ध उनी सर्वोच्च गएका थिए। गत शुक्रबार सर्वोच्च अदालतले बीमा बोर्डका कार्यकारी निर्देशक डा‍ बसौलालाई निलम्बन गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। 

आइतबार कार्यलय समयमै बोर्डमा पुगेर उनले पुन: आफ्नो काम समालेको बताएका छन्। तीन वर्षअघि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका बसौलाको कार्यकाल अझै एक वर्ष रहेकाले अब निलम्बन हुँदा स्थगित भएको १२ बुँदे नीति तथा कार्यक्रमलाई निरन्तरता दिने बताए।

‘हामीले ०८०/८१ को बजेट कार्यान्वयन गर्ने गरी नीति बनाएका थियौँ । त्यो बीचमा टिस्टर्व भएको थियो। अब ती कामहरूले निरन्तरता दिनेछु आजैबाट काम सुरु गरिसकेको छु" डा बसौलालले थाहाखबरसँग भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.