|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक आफूले संसदमा पेस गरेको बताएका छन्। मंगलबार प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले त्यसमा भएका कमीकमजोरीलाई सच्याएर छिट्टै पारित गर्ने बताए। ‘विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरूरी, तर सात वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक मैले संसदमा पेस गरेँ, त्यसका कमीकमजोरी सच्याई छिट्टै पारित गर्न म प्रतिबद्ध छु,’उनले भने।

उनले विद्यालयलाई राजनीतिक क्रीडास्थल बनाउनु नहुने पनि बताए। लामो समयदेखि सिंहदरबारभित्र घुमिफिरी अड्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदबाट पारित भइ दफावार छलफलका लागि शिक्षा समितिमा पुगेको छ। उक्त विधेयक छलफलकै क्रममा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.