|
नेपाल फोटो लाइब्रेरी

काठमाडौं : अंग्रेजी नयाँ वर्ष आउन अब केही दिन मात्रै बाँकी छ। काठमाडौं बाट नजिक कतै गन्तव्य रोज्नु परे सबैको रोजाइ पोखरा नै हुने गर्छ। नहोस् पनि किन आन्तरिक होस या बाह्य पर्यटक सबैको पहिलो रोजाइ मै पर्ने पर्यटकीय क्षेत्र पोखरा नयाँ वर्षको लागि तयार अवस्था मा छ। पोखरा लेकसाइडका होटलहरू पनि सडक महोत्सव ले भरिभराउ छन्।

 

माछापुच्छ्रे, फेवाताल, धौलागिरि, अन्नपूर्ण तथा मनास्लु हिमालका दृश्यले पाहुनालाई मन्त्रमुग्ध बनाउने गर्छन्। स्वच्छ, सफा र सुन्दर शहरले परिचित पोखरा पर्यटकको मुख्य गन्तव्य हो। मेला महोत्सवले पोखराको कला, संस्कृतिको संरक्षणमा टेवा पुगेको पर्यटन व्यवसायी बताउँछन्। अरू बेला विदेशी पर्यटकको व्यापक चहलपहल हुने पोखरा नेपाली नयाँ वर्षमा भने स्वदेशी पर्यटकले भरिभराउ हुन्छ। हरेक वर्षजस्तै यो नयाँ वर्षमा पनि पोखरामा थुप्रै कार्यक्रम आयोजना हुने भएका छन्।

जसले आन्तरिकदेखि बाह्य पर्यटकलाई नयाँ वर्ष मनाउन पोखरा आउन आग्रह गरेका छन्। तालैतालको शहर भनेर चिनिन्छ पोखरा।

तर, धेरै रोजाइमा भने फेवाताल नै हो। फेवामा डुंगा सयर र ताल बाराही मन्दिर दर्शनका लागि पनि पर्यटकको पहिलो रोजाइमा पर्छ फेवा। पोखरा आउने पर्यटकको अर्को गन्तव्य हो पाताले छाँगो (डेभिस फल) र गुफाहरू। खोँचबाट पानी बगेको दृश्य हेर्न मन छ भने डेभिस फल र गुप्तेश्वर महादेव गुफा अर्को उत्कृष्ट गन्तव्य हो। शान्ति स्तुपापनि पर्यटकको अर्को गन्तव्यमा पर्छ।

शान्ति स्तुपाबाट केही माथि छ पुम्दिकोट। नयाँ गन्तव्य रहेको पुम्दिकोट डाँडाले छोटो समयमा पर्यटकलाई लोभ्याउन सफल भएको छ। यसको विशेषता भनेको डाँडामा रहेको शिवमूर्ति हो। ५१ फिट अग्लो मूर्ति हेर्न भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ यो गन्तव्य। यि गन्तव्य बाहेक रूपाकोट, काहुँडाँडा, टावर, भद्रकाली मन्दिर, विन्ध्यवासिनी मन्दिर, बन्जीजम्प, धम्पुस तथा पोखरामा रहेका थुप्रै गुफाले नयाँ वर्षको समय बिताउन सकिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.