|

सल्यान : सुन्तलाको नाम लिनेबित्तिकै सबैको मुख रसाउँछ। जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मजा बेग्लै हुन्छ।

साथीभाइ र परिवारसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ। यति वेला सल्यानका अधिकांश किसानका बारी सुन्तला पाकेर पहेँलपुर बनेका छन्। सुन्तलाका लागि ख्याति कमाएको स्थान हो बागचौर नगरपालिका ८ र ९ वडा (साविक कोटमौला गाविस)।

कपुरकोटको तरकारी, डाँगीगाउँको सुन्तला र माल्नेटाको अदुवा देशभर प्रख्यात छन्। अहिले सुन्तला डोकामा बोकेर बजार खोज्दै हिँड्नु पर्दैन। बगैंचामै आइपुग्ने व्यापारीले बजार पुर्‍याइदिन्छन्। आँगनमै हातहातै कारोबार हुने भएकाले किसान व्यावसायिक खेतीमै रमाइरहेका छन्।

कोटमौलाका झण्डै ५ सयभन्दा बढी किसानले सुन्तलता खेती गर्दै आएका छन्। जिल्लाभर किसानले १ हजार ६ सय हेक्टरमा सुन्तला खेती गर्दै आएका छन्। यसबाट वार्षिक २५ करोड रुपैयाँ भित्रिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.