|

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन्।

मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकूल हुने गरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषद्मा पेश गरिएको पनि जानकारी दिए। नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिवार सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी संसद् अधिवेशनमा त्यसलाई विधेयकमा रूपमा सरकारले पेश गर्ने समेत बताए।

विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले उक्त ऐन बनाउने काममा ढिलाइ नगर्ने मन्त्री ज्वालाको भनाइ थियो। मन्त्री ज्वालाले यातायात व्यवसायीको माग सम्बोधन हुने गरी सार्वजनिक सडक सम्बन्धी कानून र सवारी तथा यातायात सम्बन्धी कानूनलाई नयाँ रूपमा अगाडि बढाउनु पर्छ भनेर आफू प्रयासरत रहेको समेत बताए।

उनले भने, ‘पुरानै अवस्थाको सार्वजनिक खरिद ऐनबाट चल्नुपरेको छ। त्यसले समस्या उत्पन्न गरेको छ। हामीले छिटो गरौं भनेर अब त्यो क्याबिनेटसम्म पुगेको छ। नयाँ खरिद ऐन आउँछ। अहिलेको समसामयिक सन्दर्भलाई सम्बोधन गर्ने गरी विकासमैत्री ऐनको रूपमा हामीले ल्याउँदै छौँ।’

मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानूनी रूपमै धेरै विषय सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.