|

काठमाडौं : माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंको टोखाका व्यवसायीलाई चाकु बनाउने चटारो छ। संक्रान्ति आउनै लाग्दा चाकुको उत्पादन र व्यापारमा पनि तीव्रता आएको छ।

टोखा क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार बढ्न थालेको छ । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ।

माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायीहरू चाकु बनाउन व्यस्त छन्। एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म, खुवा चाकु, सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलोको १८० रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन् ।

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ वटा चाकु उद्योग रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.