|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) सामान्य अंकले घटेको छ।

आज नेप्से परिसूचक शून्य दशमलव ४० अंकले घटेर २ हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको छ। यो सातामा कारोबारको लगातार तेस्रो दिन नेप्से घटेको हो।

आज ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर १ लाख १७ हजार ५७७ पटक खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको छ।

विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०७, वित्त समूह शून्य दशमलव २८, होटल तथा पर्यटन समूह ४ दशमलव ७४, लगानी समूह शून्य दशमलव ३६, निर्जीवन बीमा समूह शून्य दशमलव ७३ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ समूह शून्य दशमलव ४२, जलविद्युत् शून्य दशमलव ५८, जीवन बीमा समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३, लघुवित्त समूह शून्य दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव २१ र व्यापार समूह शून्य दशमलव ८६ प्रतिशतले घटेको छ।

चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा ६ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लिमिटेडको ५५ करोड ९ लाख ८० हजार ७८५ रुपैयाँ बराबरको ८ लाख ४१ हजार २२ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.