|

काठमाडौँ : गत साता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अंकको सुधार देखिएको छ। 

आज (आइतवार) नेप्से परिसूचक १० दशमलव ३७ अ्कले बढेर २ हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको छ।

आज ३०६ कम्पनीका १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर १ लाख ७८२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बैंकिङ समूह शून्य दशमलव ०९, होटल तथा पर्यटन समूह १ दशमलव ८६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ र म्युचुअल फन्ट शून्य दशमलव ०४ प्रतिशतले घटेको छ। 

अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह १ दशमलव ३३ र अन्य समूह १ दशमलव ३२ प्रतिशतले बढेको छ।

मिड सोलु हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ५३ लाख ४५ हजार ८८७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको ६ लाख ९० हजार १२२ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.