|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। आज (मंगलवार) नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर २ हजार ११९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो।

आज ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता शेयर १ लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बैंकिङ समूह शून्य दशमलव १७, लघुवित्त समूह शून्य दशमलव ३० र निर्जीवन बीमा समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। 

सबैभन्दा धेरै अन्य समूहको उपसूचक ३ दशमलव ५६ प्रतिशतले बढेको छ।

चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ८ दशमलव ३५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको ७५ करोड २७ लाख ८६ हजार ९१८ रुपैयाँ बराबरको १० लाख ७० हजार १७२ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.