|

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज र भोलि पानी पर्ने भएको छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका भूभागबाट पानी पर्न शुरू हुनेछ। 

यो वर्ष हिउँदमा हालसम्म पानी पर्न सकेको छैन। माघको तेस्रो सातामा आइपुग्दा पश्चिमी वायु देशको पश्चिमी भू-भागबाट प्रवेश गरेको हो। 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। 

भोलि भने पानी पार्ने प्रणाली थप सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

भोलि राति बागमती र कोसीमा समेत फाटफुट देखि हल्का वर्षा हुनेछ। अहिले बिहान तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागिरहेको छ। काठमाडौं उपत्यकामा पनि हुस्सु लागेको कारण राम्रोसँंग घाम लाग्न सकेको छैन। 

आज बिहान काठमाडौंको भिजिविलिटी १ हजार मिटर मात्रै रहेको छ। जसका कारण हवाई उडान प्रभावित भएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्यिस मापन भएको मौसमविद सन्जिव अधिकारीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.