|

काठमाडौं : नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उहाँले संघीय संसदको महासचिव पद खाली अवस्थामा हुनु र अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? भन्दै प्रश्न गरे।

महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो। उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए।

कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियुक्ति गर्न आग्रह गरे। आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गरे।

उनले भने, ‘आज हाम्रो संघीय संसदको महासचिव पद खालि अवस्थामा छ। भर्खरै मात्रै सम्माननीय अध्यक्षज्युले खालि भएको कुरा सुनाउनुभयो। तर यो अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? हामीले कस्तो राष्ट्रपति पायौँ ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपतिज्यू तपाईको अध्ययन चिन्तन अब बढी भएन र? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन? हामीलाई कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व दिइयोस्।'

नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था कमजोर भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.