|

गाजापट्टीमा घाइते भएका दुई हजार २०० भन्दा बढी प्यालेस्टिनी रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका छन्।  

इजिप्टको राष्ट्रपति कार्यालयले सोमबार जनाएअनुसार यो तीन महिनाको तथ्यांक हो। इजिप्टका प्रान्तका ४७ अस्पतालमा एक हजार २०० भन्दा बढी शल्यक्रिया भएका छन्।

प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग केही राष्ट्रिय चिकित्सा परियोजनाको प्रगति समीक्षा गर्न बसेको बैठकमा, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले इजिप्टले  पीडितलाई सहयोग गर्न जारी राख्ने र उनीहरूको जीवन सहज बनाउने बताए।

राज्यसञ्चालित मध्य पूर्व समाचार एजेन्सीले  जनाएअनुसार सोमबार ४० जना घाइते प्यालेस्टिनीसहित १९९ व्यक्ति गाजाबाट रफाह क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेका थिए।

इजरायलले गाजा स्ट्रिपमा हमास विरुद्ध अक्टोबर ७ देखि ठूलो सैन्य अभियान चलाउँदै आएको छ।  गाजामा इजरायली नाकाबन्दी र बमबारीले २७ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.