|

इजरायली सेनाले सिरियाको होम्स शहर र ग्रामीण इलाकामा हवाइ आक्रमण गरेको छ। आक्रमणमा परी सर्वसाधारणको मृत्यु र कैयौँ घाइते भएको सिरियाको साना समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। 

इजरायली लडाकु विमानहरूले लेबनानी शहर त्रिपोलीको उत्तरबाट स्थानीय समय अनुसार बिहान ३ बजे मिसाइल प्रहार गरेका हुन्। सिरियाली सेनाको चौकी र शायरात एयरबेसलाई निशाना बनाएर आक्रमण भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

छिमेकी सिरिया र लेबनानमा इजरायल र इरान समर्थित समूहबीच क्षेत्रीय तनाव बढ्दै गएपछि इजरायलले अक्टोबरदेखि सिरियामा आक्रमण बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.