|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अ‌ंकको सुधार देखिएको छ। आज (बुधवार) नेप्से परिसूचक ४ दशमलव ९२ अंकले बढेर २ हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो।

आज विभिन्न ३१३ कम्पनीका ७७ लाख ३२ हजार २३४ कित्ता शेयर ६५ हजार ४६३ पटक खरिद बिक्री हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको छ।

वित्त समूह शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १७, निर्जीवन बीमा समूह शून्य दशमलव ३९, व्यापार समूह शून्य दशमलव १२ र अन्य समूह १ दशमलव ५३ प्रतिशतले घटेको छ।

आजको कारोबारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह १ दशमलव ५० र जीवन बीमा समूह १ दशमलव २९ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ समूह शून्य दशमलव २६, विकास बैंक समूह शून्य दशमलव ३०, जलविद्युत् समूह शून्य दशमलव ९४, लगानी समूह शून्य दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ४२ प्रतिशतले बढेको छ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने एनसीसी डिवेञ्चर-२०८६ को ५ दशमलव २५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २४ करोड ८२ लाख ६८ हजार ३८ रुपैयाँ बराबरको ३ लाख ५४ हजार २५८ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.