|

अछाम : अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ। 

आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए। 

दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.