|

काठमाडौँ : काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले निर्देशित जग्गा विकास [गाइडेड ल्याण्ड डेभलपमेण्ट (जीएलडी)] नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनुपर्ने बताएकी छिन्।

बिहीवार उनकै अध्यक्षतामा बसेका पूर्वाधार निर्माण र शहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको समन्वय बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर वस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्ने बताइन्।

‘यसअघिको नक्सा टेबुलमा बसेर बनाइएको हो, यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर वस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्छ, यसले कार्यान्वयन योग्य नक्सा बन्छ, विकासमा स्थानीय सहभागिता बढ्छ, अपनत्व हुन्छ’, उनले भनिन्।

उनले युनिभर्सल डिजाइनमा काम गर्नुपर्ने र यसबाट  पूर्वाधार पहुँचयुक्त हुने पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.