|

काठमाडौँ: डिउटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। 

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले मैनालीको संयोजकत्वमा गठन गरेको समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारी सदस्य रहेका छन्। 

समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थापाले बताए।

गएराति ११ : १५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.