|

काठमाडौँ : विशेष अदालतमा दायर ललिता निवास जग्गा हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दामा आज सुनुवाई सकिएको छ।

एक महिनाअघि माघ २ बाट सुरु भएको सुनुवाइ आज सकिएको र सम्भवत भोलि बुधबार संक्षिप्त आदेश आउनसक्ने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। 

विशेष अदालतले शुक्रवार र शनिवार बाहेकका दिनमा सुनुवाइ गरिरहेको थियो। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा मुद्दा दायर गरेको थियो। 

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

मुद्दा दायर हुनेहरुमा पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, छविलाल पन्त, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातलगायत छन्। 

ललिता निवास जग्गा प्रकरणको किर्ते मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.