|

बैतडी : सुन चोरी मुद्दामा फरार रहेकी बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-५ की २२ वर्षीया लक्ष्मी योगी रहेको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

डिलाशैनी-५ कै जयानन्द नाथको घरबाट ५ तोला सुन चोरेको आरोपमा पक्राउ परेकी योगीलाई गत मंसिर १२ गते जिल्ला अदालतले ४ महिना ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

सोही दिनदेखि फरार रहेकी लक्ष्मीलाई घरबाटै पक्राउ गरी कारागार चलान गरिएको केसीले बताए।

सोही मुद्दामा उनका श्रीमान् समेत कारागारमै रहेका स्रोतले बताएको छ। स्थानीयको घरबाट सुन चोरेको आरोपमा गत साउनमा लक्ष्मी र उनका श्रीमान् गोपाल नाथलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.