|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ५ दशमलव ९१ अंकले बढेर २ हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो।

आज शेयर बजारमा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँ बराबरको कारोबार भएको छ।

३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार ६७५ पटक खरिदबिक्री भएको हो।

बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८, होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १४, जलविद्युत् समूह शून्य दशमलव १३, लगानी समूह शून्य दशमलव २१, जीवन बीमा समूह शून्य दशमलव २७ र लगानी समूह शून्य दशमलव ३७ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै वित्त समूह ६ दशमलव ५६ प्रतिशतले र विकास बैंक समूह २ दशमलव ३८ प्रतिशतले बढेको छ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा समूह शून्य दशमलव ४० र अन्य समूहको उपसूचक १ दशमलव ०७ प्रतिशतले बढेको छ।

३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। 

सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको शेयर मूल्य ५ दशमलव ८१ प्रतिशतले घटेको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १७ करोड १७ लाख ६४ हजार ८८० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर ८ लाख ८ हजार ५२० रुपैयाँ बराबरको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.