|

काठमाडौँ : भारतीय गिरोहको एक समूहले अमेरिका लैजाने लोभमा काठमाडौँ ल्याएर भारतीय नागरिकलाई बन्धक बनाएको भेटिएको छ।

उनीहरूले काठमाडौँको रातोपुलस्थित एक घर भाडामा लिएर ती भारतीयलाई बन्धक बनाएका पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उक्त सूचनाका आधारमा अपरेशन चलाउँदा ११ जना भारतीयको उद्धार गरिएको छ। गिरोहमा संलग्न रहेका ७ जनालाई पनि पक्राउ गरिएको परिसरका प्रमुख, एसएसपी भुपेन्द्र खत्रीले थाहाखबर जानकारी दिए।

उनका अनुसार उनीहरूले गिरोहलाई लाखौँ रकम बुझाएका पाइएको छ। अहिले पनि अपरेशन जारी रहेकाले विस्तृत विवरण लिन बाँकी रहेको पनि उनले बताए।
उनीहरूले नेपाललाई ट्रान्जिट बनाएर नागरिकलाई अमेरिका लैजान खोजेको बुझिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.