|

काठमाडौं : थाइल्याण्डलाई चार विकेटले हराउँदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। 

मलेसियामा भएको खेलमा थाइल्याण्डलाई चार रनले हराउँदै यूएई फाइनलमा प्रवेश गरेको हो।  ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो। थाइल्याण्डका तिप्तचा पुतवाङले सर्वाधिक २१ रन बनाइन्। युएईका हिना होताचनीले चार विकेट लिइन्। यस्तै वैनवी महेशले तीन विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो। यूएईका लागि कविशाले सर्वाधिक २१ रन बनाइन्। थाइल्याण्डका तिप्तचा पुतावाङले र एपसिरा सुवान्चोराथीले समान २/२ विकेट लिए। 

अब यूएईले उपाधिका लागि आइतबार नेपाल र मलेसियाको विजेतासँग खेल्ने छ।  अर्को सेमिफाइनलमा आजै नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

सेमिफाइनल पुगिसकेको नेपालले इमर्जिङ टिम एसिया कपमा भने स्थान बनाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.