|

उदयपुर : भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले ठूलो हार स्विकारर्दै समीक्षा गरिरहेको छ देशैभरी दुई चरणमा भएको निर्वाचनमा अप्रत्यासित हार खाएको माओवादी उदयपुरमा भने जोगिन सफल भएको छ

मेजर नाम भए पनि विगतमा तत्कालीन शाही सेनाका जवान हुन् मेजरकुमार राई तिनै जवानले उदयपुरमा माओवादीको नाक राखे माओवादी केन्द्रका पाँच दर्जन केन्द्रीय सदस्य रहेको उदयपुरमा अहिले हारको समीक्षा नेताहरु गरिरहेका छन् यसरी समीक्षा गरिरहेको वेला सुनकोसी गाँउपालिकाको प्रमुख पद अध्यक्ष मात्र माओवादीको तर्फबाट राईले जितेका छन् राईले ८३ मतले प्रतिद्वन्दी नेकपा एमालेका भलराज राईलाई पराजित गरेका थिए

माओवादीका मेजरले १ हजार ३ सय ८१ मत प्राप्त गरे प्रतिद्वन्द्वी एमालेका भलराजले हजार २ सय ८१ मत प्राप्त गरेका हुन् उपाध्यक्षम कांग्रेसका रमिला राई निर्वाचित भएकी छिन् जिल्लाको ८ वटा स्थानीय तहमध्ये माओवादीको सुनकोसी गाँउपालिकामा मात्र हो

कोरियाबाट फर्केका राईले यसरी टिकट पाए

मेजरको जितमा केही जिल्ला नेताहरु खुसी भए पनि माओवादीका केन्द्रका केन्द्रीय स्थायी समिति सदस्य सुरेशकुमार राई हिमालसमेत दु:खी भए उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखे, ‘होमको त्याग र सहयोगमा मेजर अर्थात् मिजासको जित

यसैक्रममा सुनकोसी गापाकै अर्का माओवादीका स्थानीय नेता सहलमान किरातीले पुन लेखे, ‘होमको त्यागमा मेजरको जित भन्ने नेताले पार्टी बिगारे’ दुवै होम भन्दै प्रचारप्रसार गरिएका होम किराती पुराना नेता हुन्

उदयपुरको सुनकोसी गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्ष उम्मेदवारका आकांक्षी नेता धेरै थिए त्यसमा होम पनि एक हुन् होम किराती लामो समयदेखि माओवादीका सक्रिय स्थानीय नेताको रुपमा चिनिन्छन् जम्मा ५ वटा वडामध्ये ४ वटा वडाबाट मेजरको उम्मेदवारी माग भयो एउटाबाट मात्र होम किरातीको नाम आएको. थियो

माओवादी स्रोतका अनुसार बहुमत वडाबाट मेजरको माग आएकाले प्रदेश र जिल्ला पार्टीले एकल निर्णय गरी मेजरलाई उम्मेदवार बनायो त्यही बीचमा माओवादीबाट असन्तुष्ट बनेका होमलगायत केही नेताहरु जिताउने होइन हराउने योजनामा लागे कोरियाबाट कमाएको पैसाले मेजरले टिकट किन्यो भनेर आरोप/प्रत्यारोप गरे ‘टिकट पाउनै मलाई मुस्किल पर्‍यो,’ मेजरले भने, मलाई सबैले झ्यालबाट छिरेर माओवादीमा आएको भने तर, म मूल ढोकाबाटै माओवादीमा आएको हुँ

निर्वाचनको मतपरिमाण सार्वजानिक हुँदै जहाँ ५ वट वडा रहेको सुनकोसीमा २ वटामा माओवादीको जित भयो भने बाँकी ३ वटा हार्‍यो ३ वटा वडा हार्दा पनि मेजरले ८३ मतको अन्तरमा माओवादी केन्द्र उदयपुरको नाक राखे

माओवादीसँग सुनकोसीको सम्बन्ध

माओवादीको जदयुद्धको बेला पूर्वको थवाङ भनेर चिनिने माओवादीको आधार इलाका हो यस क्षेत्रमा पनि माओवादीले युद्धको समयमा जनसत्ता चलाएको थियो यही आधार इलाका क्षेत्र पर्ने सुनकोसी गाउँपालिकामा माओवादीको राम्रो पकड भएको मानिथ्यो

यस क्षेत्रबाट जनयुद्धको समयमा माओवादीले जनगणतन्त्र रेडियो सञ्चालनदेखि पूर्व-नेपालमा भएका युद्धको कमाण्ड यहीबाट हुन्थ्यो    सुनकोसी गाँउपालिकामै पर्ने साविकका बारा, बाँसबोटे, ताम्लिछा, जाँते, बलम्तामा रामबहादुर थापा बादल लगायतका धेरै ठुला चर्चित नेताले यस क्षेत्रमा भूमिगत जीवन बिताएका छन्

जनयुद्धकै समयदेखि सबैभन्दा बढी माओवादीलाई भात खुवाउने जनता पनि उदयपुरका यसै क्षेत्रका पर्दछन् ‘पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पनि पुराना पाँचै गाविसबाट बहुमत भोट हामीलाई आएको थियो,’ माओवादी केन्द्र केन्द्रीय सदस्य कृष्ण निरौलाले भने, ‘अहिले केही अन्तरघात गर्ने साथीहरुको कारण ३ वटा वडा गुमाउँदा मेजरले जिल्लाकै इज्जत जोगाइदिए

माओवादीको पकड क्षेत्रको रुपमा चिनिने भएकाले नेपाल पत्रकार महासंघ उदयपुरका दुई अध्यक्ष भइसकेका पुराना पत्रकार महेश्वर चाम्लिङले नजर लगाएका थिए सुनकोसी गाँउपालिकामा अध्यक्षको टिकट पाए माओवादी केन्द्रमा प्रवेश गर्ने माग राखेका महेश्वर कोरियाबाट मेजर आएपछि धेरै नेताको गुहार मागे तर, माओवादी केन्द्रकै साधारण सदस्य नरहेकाले महेश्वरलाई कसैले पनि वास्ता गरेन्न

राजाको सिन्दूर पहिरिएका मेजर को हुन्?

‘मेजर’ नेपाली सेना मेजर भने होइनन् उनी अहिले नेपाली सेना वा तत्कालीन शाही सेनाको सिपाही हुन् तिनै सिपाही साविकको बाँसबोटे गाविसमा २०३९ साल बैशाख ८ गते बुबा सहलमान राई र आमा धनमाया राईको कोखबाट पहिलो सन्तानको रुपमा जन्मेका हुन उनका ३ भाइ र ४ बहिनी छन्

उदयपुरको विकट क्षेत्रमा पर्ने बाँसबोटे गाविसमा घाँस दाउरा, मेलापात गर्दै प्रवेशिका परीक्षासम्म अध्यान गरेका छन् २०५५ सालमा नजिकैको छिमेकी जिल्ला हलेसीबाट प्रवेशिका पास गरेका मेजरले दुई वर्ष राजाको सिन्दुर निधारमा लगाएर सेनामा समेत जागिर खाए‘गाउँबाट एसएलसी परिक्षा दिएर काठमाण्डौ कमाउन गएको थिए,’ उनले भने, ‘ज्यामीदेखि फर्निचर उद्योगमा समेत काम गरेर तत्कालिन शाही सेनाको जागिरे भए

राई भन्छन्, एसएसीको नतिजा आएको ०५६ सालमै सेनामा भर्ना खुल्यो म पनि १८ वर्ष पुगे गाँउमा माओवादी देखेको मान्छे सेनामा भर्ना हुन डर लाग्यो तर राजाको सिन्दुर पहिरिँदा ठुलो मान्छे भइन्छ भन्ने सोचले शाही सेना बने ०५८ साल जेठ १९ गते राती राजदरवार हत्या काण्डसँगै सेनाको जागिर खान मन लागेन सेना भर्ना भएपछि सिंहदरबार क्षेत्रमा मात्र मेरो ड्युटी थियोसेनाको जागिरे हुँदा नै भूमिगत रुपमा फेरि काठमाडौंमा तत्कालीन नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीसँग जोडिन पुगे

अहिले बेपात्ताको सूचीमा रहेका भोजपुर निवासी नवीन राईसँग संगत भयो बिहान पढ्ने र राति सिंहदरबारको ड्युटीमा खट्ने मेरो दैनिकी थियो दिनभरि माओवादीसँग संगत हुन थाल्यो गाउँमै माओवादीसँग संगत गरेकाले काठमाडौंमा पनि कुनै नौलो लागेन

त्यही माओवादीको संगतले २०५९ साल चैत्रमा उनले सेनाको जागिर छाडे ‘राजीनामा दिन गएको बोसले थर्काउन थाल्यो,’ उनले भने, ‘ड्युटी छाडेर समाज परिर्वतनको नारा लगाउँदै भूमिगत रुपमा माओवादी आन्दोलनमा लागे दोलाख, काभ्रे, सिन्धुपलाञ्चोक लगायतमा माओवादीको सामान ओसर पोसार गर्ने काममा निरन्तर ०६० सालदेखि ०६२ सालसम्म गरे

जब माओवादी शान्ति प्रक्रियामा आयो तब म पार्टीकै भ्रातृ संगठन किरात राष्ट्रिय मुक्ति मोर्चाको काठमाण्डौ भ्यालीको सँस्थापक अध्यक्ष भए त्यहाँबाट निरन्तर रुपमा खुलेआम माओवादी राजनीतिमा सक्रिय हुँदै जाँदा घरको आर्थिक अवस्थाले सतायो ‘इपिएस भाषा प्रणालीबाट कोरियाले नेपाली कामदार माग गर्यौ’ उनले भने, ‘त्यही इपिएस भाषा पास गरेर ०६५ सालमा कोरिया गएँ

कोरियामा पनि माओवादी निटक जनप्रगशित मञ्चको सदस्य देखि केन्द्रिय महासचिव हुँदै कोरिया माओवादीको सचिवालय सदस्य भए निरन्तर माओवादीसँग जोडिएर पार्टीका विभिन्न कामहरु गरिरहें

संविधान जारी भएपछि हुन लागेको निर्वाचनमा भाग लिन नेपाल आए २०७३ चैत्रमा नेपाल फर्केर माओवादी उदयपुरसँग जोडिएका राई अहिले सुनकोसी गाँउपालिकामा नव निर्वाचित प्रमुख भएका छन उनिले माओवादीबाट जितेका छन्

यस्ता छन् राईका योजना

मैले त्यस भेगमा सानोमा जे समस्या झेलेको छु त्यही घोषणा पत्रमा समेटेको छु संविधानले दिएका अधिकारभित्र रहेर घोषणा पत्र बनाएको छु त्यसैलाई कार्यन्वयन गर्ने योजना छ मेरो नीति तथा कार्यक्रमहरु घोषणा मात्र सिमित गर्दिनँ तिनलाई कार्यन्वयन गरेरै छाड्ने छु

शिक्षा क्षेत्रमा भईरहेका विभिन्न प्रकारका बिकृत, बिसंगतिलाई पुर्ण रुपमा निर्मुल बनाँउने छु सुनकोसी  गाँउपालिका भित्रका पत्येक विद्यालयमा भौतिक साधन, मानवीय संसाधानले भरिपुर्ण पार्छु प्राविधिक शिक्षा, प्राथामिक तहदेखिनै सीपमूलक शिक्षा, गाँउपालिका भित्र स्नाकोत्तर तहको बहुमुखी क्याम्पस स्थापना गर्दछु

जडीबुटी एवंम गैरकाष्ठ वन पैदावरको संकलन प्रशोधन, उत्पादन र बिक्री वितरण गरी आर्थिक विकासको बाटो खोल्छु गाँउपालिकाभरी सुन्तला, आँप, कागती, अलैँची, चिया तथा नगदे वाली लागि निशुल्क बिरुवा उपलब्ध गराउँछु

धान, मकै, कोदो, आलु लगायतको उत्पादनको बृद्धिको लागि उन्नत खेती प्रणाली लागू गर्ने सोच छ गरिब तथा विपन्न परिवारको लागि उन्नत जातको गाई, बाख्रा भैसी, बंगुर निशुल्क बितरण योजना छन्

गाँउपालिकामा १५ देखि २५ शैयाको अस्पतालको व्यवस्था गर्ने, सुचना र सञ्चारको विकास गर्ने, गाउँपालिकाकै स्वामित्वमा एक सामुदायिक रेडियो स्थापना गर्ने सबै घरमा इन्टरनेटको सुविधा पुर्‍याउने, सरकारी तथा गैर सरकारी क्षेत्रबाट सुचना संचारको क्षेत्रमा बिकास गर्न टावर निर्माण लगायतका कामलाई निरन्तरता दिनेछु एक घर एक रोजगारीको व्यवस्था समेत गर्न सकिने देखेको छु

उनका अनुसार पाइपलाइनबाट पानी नचढने डाँडाहरुलाई बिद्युतीय माध्यमबाट पानी माथि चढाउने, जातीय भेदभाव लगायतका विभिन्न सामाजिक विकृति विसंगति अन्त्य गर्ने, पर्यटकीय क्षेत्रको बिकास गर्न सुनकोसी गापाको ३ दोवाटे डाँडाँमा एभरेष्ट भ्युटार स्थापन निर्माण, पुर्वको पशुपति नाथ भनेर चिनिने खोटाङहलेसी जोड्ने सडक सुविधा सम्पन्न बनाउने लगायतका छन्

प्रत्येक वडाबाट गाँउपालिकाको केन्द्रसम्म आउने गुणस्तरीय सडक बनाउने पनि योजना छन्

राई जितेपछि आशीर्वाद लिन प्रचण्ड र जर्नादनसँग

सुनकोसी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएपछि मेजर कुमार राई आशीर्वाद थाप्न काठमाडौं पुगे माओवादीका केन्द्रीय अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चर्चित पूर्व-उर्जामन्त्री तथा अहिलेका गृहमन्त्री जनार्दन शर्मासँग भेट गरे

निर्वाचन जितेपछि सदरमुकाम गाईघाट नआइकन सिधैँ काठमाडौं हानिएका राईले संविधानको व्यवस्थाअनुसार सुनकोसी गाँउपालिकको विकासको बारेर पूर्व-प्रधानमन्त्री दाहाल र शर्मासँग छलफल गरेको बताए

‘मैले सुनकोसीमा विद्युतीकरण र सडक समस्याको बारेमा कुरा राखेको छु,’ राईले भने, ‘उहाँहरुले सकेको सहयोग गर्ने बचन दिनुभएको छ’ राईको शर्मा र दाहालसँगेको संगत भने कोरियाबाटै स्थापित भएको हो

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली(केपी ओली) कोरिया गएको वेला एमालेको विरोध गर्दै कोरियामा पहिलो पटक राईले ओलीको पुत्ला समेत जलाएका थिए प्रवासमा रहेर विपक्ष पार्टी अध्यक्षको पहिलो पटक दक्षिण कोरियामा ओलीको पहिलो पुतला जलाएपछि माओवादी नेताको रोजाईमा मेजर परेको उनका समकक्षीको भनाइ छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.