काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गरेको छ। भृकुटी मण्डपमा नेता कार्यकर्तासहित जम्मा भएर पार्टीले आन्दोलनको सुरुवात गरेको हो।
आन्दोलनका लागि राप्रपाले समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवीलाई आग्रह गरेको छ।
राप्रपा संसदीय दलका उपनेता बुद्धिमान तामाङले पार्टीले देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन्। उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न चेतावनी दिए।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।