|

काठमाडौं : काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो। घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएको अधिकारीको भनाइ छ।

प्रहरी वृत्त स्वयम्भुको टोलीले घटनास्थल पुगेर शव उठाएर पोष्टमार्टमका लागि लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.